
सोमबार उनी लोमान्थाङ वरको घमी गाउँमा बास बसिन् । चीनले बुधबारदेखि कोरला नाका २५ दिनका लागि खुल्ला गर्ने र यही मौकामा राजदूत एलाइना उपल्लो मुस्ताङ भ्रमणमा आउनु संयोग परेको छ ।
उनी १० दिनसम्म लोमान्थाङ र यस वरपर क्षेत्रको भ्रमण गर्नेछिन् । एलाइनाका साथ आएका दूतावासका नेपाली कर्मचारीका अनुसार उनको यो नितान्त ब्यक्तिगत भ्रमण हो । हामीसँगको भेटमा यो भ्रमण निजी भएको एलाइनाबाट जानकारी पाएको प्रजिअ गणेश अधिकारीले बताए ।
एलाइनाले लोमान्थाङमा रहेको दरबार लगायतका सम्पदाको अबलोकन गर्ने बुझिएको छ । व्यापारी मेला कोरला सिमानाबाट २ किमी चीनतर्फ लाग्ने भएकोले एलाइना कोरला भन्दा वर नेचुङसम्म पुग्ने सम्भावना छ । १० दिन लामो उनको नेपाल चीन सीमा क्षेत्रको भ्रमणलाई भने यहाँका बुद्धिजिवीले अर्थपूर्ण रुपमा हेरेका छन् ।
source : kantipur.ekantipur.com
Post a Comment