काठमाडौं- संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्। यादव नेतृत्वको गठबन्धनमा पछिल्लो समय प्रवक्ता घोषित भएका तामाङ आइतबारबाट बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल, पार्टीमा प्रवेश गरेका हुन्। तामाङले राजनीतिक मुद्दा हल गरेर मात्र नयाँ शक्तिले आर्थिक एजेन्डामा प्रवेश गर्नुपर्ने धारणा राखेका छन्।
Post a Comment