0

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता निधिले भने, 'अहिलेकै अवस्थामा हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं, सरकार परिवर्तनवारे एमाले र माओवादी केन्द्रबीच जुहारी भैइरहेको छ, हामी रमाइलो हेर्दैछौं।' निधीले वर्तमान सरकार भूकम्प पीडितको स्थायी बसोबास र पुननिर्माणमा पूर्ण रुपमा असफल भएको उल्लेख गर्दै भने, 'यो सरकारले अहिलेसम्म पीडितको लागि स्थायी बसोबास मिलाउन सकेन, दातृ निकाय सहयोग गर्न तयार छन् तर सरकार पुननिर्माणमा असफल भयो।' उनले पीडितका लागि पठाउनुपर्ने पैसासमेत पठाउन सरकारले ढिलासुस्ती गरेको आरोप लगाए।


नेता निधीले भूकम्प पीडितको नामावली संकलन गर्न खटाइएका एनजिओ नै एमाले निकट रहेको उल्लेख गर्दै भने, 'भूकम्प प्रभावित जिल्लामा एमालेले पक्षपात गरिरहेको छ, काँग्रेसका पीडित नेता तथा कार्यकर्तालाई छानिछानी नामावलीबाट बहिष्कार गरेको गुनासो आइरहेका छन्।' उनले यसविषयमा पार्टी केन्द्रीय समितिले जिल्ला सभापतिसँग बृहत्त छलफल भैरहेको बताउँदै यस विषयमा भोलिदेखि सुरु हुने संसदमा काँग्रेस कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।



उपत्यका आसपासका जिल्लामा अहिलेसम्म पनि सर्वेको काम सम्पन्न नभएको बताउँदै उनले उपत्यका वाहिरका प्रभावित जिल्लाको सर्वे कहिले हुने भन्दै प्रश्न गरे । प्राधिकरणमा प्रमुख प्रतिपक्षीको हैसियतले उपाध्यक्ष रहने व्यवस्था भएपनि सत्तारुढ दलले यसको कामकारवाहीवारे कुनै महत्व नै नदिएको उनको आरोप थियो । 

Post a Comment

 
Top