0
पदीय मर्यादाको ख्याल नगरी ब्यबस्थापिका संसदका उप सभामुख गंगाप्रसाद यादबले राजनैतिक दलको कार्यक्रममा प्रमुख अतिथी भएर जिल्ला अधिबेसन कार्यक्रमको उदघाटन गरेका छन् । 
उपसभामुख यादबले मंगलवार सप्तरीको राजविराज स्थित जिल्ला बिकास समितीको सभाकक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अधिबेसनमा प्रमुख अतिथी बन्दै कार्यक्रम उदघाटन गरेका हुन् । 
जिविस सभाकक्षमा उनकै छोरा आकासकुमार यादबको अध्यक्षतामा सुरु भएको राप्रपा नेपालको जिल्ला अधिबेसन उदघाटन समारोहका प्रमुख अतिथी बनेका थिए । आकास राप्रपा नेपालका जिल्ला अध्यक्ष हुन् । 
उनलाई कार्यक्रमका उद्घोषकले राप्रपाका केन्दि्रय सदस्य एवं उप सभामुख गंगाप्रसाद यादबलाई प्रमुख अतिथीको रुपमा आसन ग्रहण गराएका थिए ।  यादबले जिल्ला अधिबेसनको उदघाटन समारोहलाई सम्बोधन समेत गरे । 
'संबैधानिक निकायमा रहेका ब्यक्तित्वले आफनो मर्यादाको आफै ख्याल गर्नुपर्छ',ब्यबस्थापिका संसदका प्रबक्ता भरतराज गौतमले कान्तिपुरसित टेलिफोनमा भने,'सभामुख उपभामुखको पद दलको राजनिती भन्दा फरक हुन्छ,यो पद साझा हुन्छ जसको ख्याल समबन्धित ब्यक्त्तिmले आफै गर्नुपर्छ ।' 
जिल्ला अधिबेसनमा अतिथीको रुपमा आउन निम्तो गरेकाले आफु उक्त अधिबेसनको उदघाटन समारोहमा सरिक भएको उप सभामुख यादबले बताए । 'निम्तो गरेपछि जानैपर्‍यो',यादबले भने,'बन्द सत्रमा कहाँ गएको हो र, उदघाटनमा पो गएको त ।' 


Post a Comment

 
Top