जनयुद्धदेखि सहयात्री रहेका अध्यष दाहाल बाबुराम भट्टराईले नयाँ शक्ति घोषणा गर्दा भने युद्धकालमा बेपत्ता भएका २१ परिवारका सदस्यसँग भेटघाटमा व्यस्त थिए। दाहाल नेताहरु रामबहादुर थापा, मातृका यादव, तिलक परियारसहितका नेतालाई साथमा लिएर बर्दिया पुगेका थिए। बर्दिया पुगेका दाहालले भट्टराईको नयाँ शक्तिप्रति भने कुनै टिप्पणी गरेनन्।
बर्दियाको सूर्यपटुवा डल्लामा सहिद बेदप्रसाद योगी थारुको शालिक अनावरण कार्यक्रममा दाहालले पार्टी एकीकरणबाट कार्यकर्तामा उत्साह थपिएको बताए। 'दुई वर्ष अघिदेखि गरिएको प्रयासबाट पार्टी एककीरण भएको छ, एकबद्ध भएर संघर्ष गर्छौं,' उनले भने। पार्टी एकीकरणबाट बनेको माओवादी केन्द्र जनताको सपना पूरा गर्न अघि बढिसकेको दाबी गर्दै दाहालले पार्टी विभाजनले राष्ट्र अफठ्यारोमा परेकाले सबै दल एकताबद्ध भएर अगाडि बढ्नपर्ने उल्लेख गरे। 'संविधान सभा र राजतन्त्र फाल्न हामीले नेतृत्व गरेको थियौं', उनले भने, 'अहिले हामीले लगाएको बाली मालिकसँग आफैंले मागेर खानु पर्ने स्थिति आएको छ।

source : www.nagariknews.com
Post a Comment