
युवा संघ नेपाल काभ्रेले बनेपामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उनले गठबन्धन टुटाउन अझै पनि केही शक्ति सकृय भएर लागेको तर्क गरे । 'हिजो पनि सरकारमा भएकाहरुलाई आस र त्रास देखाइयो, सफल भएनन्,' उनले भने, 'अझै पनि त्यो क्रम रोकिएको छैन, छिमेकीले अझै पनि पासो थापिरहेको छ ।' संविधान जारी नगर्न, पार्टीका विचको एकता टुटाउन र नाकाबन्दी गर्न छिमेकी (भारत) ले लगाएको 'उर्दी' दलहरुले असफल पारेको दाबी गरे ।
उनले स्थानीय, प्रदेश र संसदको निर्वाचन गराएपछि मात्रै सरकार हट्ने दाबी समेत गरे । नेता माधव नेपाल समुहप्रति लक्षित गर्दै उनले संस्थागत रुपमा नचल्नेहरु पार्टीमा रहन नसक्ने भन्दै गुनासो पोख्ने ठाउँ भएकाले छिमेकी नहसाउन चेतावनी दिए ।
source : kantipur.ekantipur.com
Post a Comment