0
प्रधानमन्त्री केपी ओली मंगलबार दिउँसो बिना जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
kp oliविमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंका अनुसार, दिउँसो २ बजेर १७ मिनेटमा प्रधानमन्त्री ओली अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित विमानस्थल पुगेका थिए ।
विमानस्थलको प्रस्थानद्वारबाट छिरेर उनले अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम हरेका थिए । उनले विमानस्थल प्रवेश गर्ने आगमनद्वारबाट भित्र छिरेर अध्यागमन, भन्सार कार्यालयका कर्मचारीहरुको पनि कामकारवाही हरेका थिए ।
प्रधानमन्त्री विमानस्थलमा छड्केमा रहेको जानकारी विमानस्थलले आफ्नो तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि महानिर्देशक सञ्जीव गौतम पनि केही बेरमै विमानस्थल पुगेका थिए ।
विमानस्थलले बिना जानकारी प्रधानमन्त्री (छड्के)मा आएको पहिलोपटक रहेको दाबी गरेको छ । साढे ३ बजे विमानस्थलबाट फर्किएका ओलीले आन्तरिक टर्मिनल र कार्गो भवनको भने निरीक्षण गरेनन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले विमानस्थलका सेवाबारे गुनासो बढेपछि आकस्मिक निरीक्षण गरिएको बताए ।   
प्रधानमन्त्रीको प्रत्यक्ष टेलिभिजन कार्यक्रममा विमानस्थलका गुनासो धेरै आएपछि छड्के निरीक्षण भएको पर्यटनमन्त्री पोखरेलले जानकारी दिए ।  



Post a Comment

 
Top