काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दैछ। घोषणा सभास्थलमा केही दिनयता मञ्च व्यवस्थापन र रंगशाला श्रृङ्गार भैरहेको छ। नेपाली राष्ट्रिय झण्डाले रंगशाला रंगिएको छ। नयाँ शक्तिको लोगो अंकित फ्ल्याक्समा लेखिएको छ-'अबको निकास, अार्थिक विकास।'
रंगशालाको प्रबेश द्वार रंगरोगन गरिएको छ भने रंगशालाको मैदान सफा गरेर चिटिक्क पारिएको छ। मुख्य मञ्चको सिरमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ।
घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ।
सत्तारुढ दलसहित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ। कुपोन्डल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने पदर्शन अपराह्न १२ बजेभित्र रंगाशालामा प्रवेश गरिसक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।
source : www.nagariknews.com
Post a Comment