0
रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्।


उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। 'म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु', सपथमा भनिएको छ।

भारतसँग भएको महाकाली सन्धि राष्ट्रघाती भएकाले खारेज गर्नुपर्ने लगायत ४० बुँदे माग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएर भट्टराईले २०५२ सालमा माओवादी सशस्त्र युद्धको घोषणा गरेका थिए। २०६१ मा पार्टीकै कारवाहीमा परेका उनलाई रोल्पामा नजरबन्दमा राखिएको थियो।


नेता भट्टराईले भारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यही १२ बुँदे सम्झौताको पृष्ठभूमिमा माओवादी पार्टी पछि युद्ध बिसाएर शान्ति सम्झौता गर्न तयार भएको थियो। ११ भदौं २०६८ मा नेपालको ३५ औं प्रधानमन्त्री बनेका भट्टराईले नेपालमै बनेको मुस्ताङ गाडी चढेर चर्चा कमाएका थिए। यो बाहेक काठमाडौंको बाटो फराकिलो पार्ने कार्यमा समेत उनले प्रत्यक्ष नेतृत्व गरेका थिए।


एमाओवादीभित्र चुलिएको विवाद र संविधान सभाले नयाँ संविधान जारी गरेपछिको तरल र ध्रुवीकृत राजनीतिक महोलबीच भट्टराईले ९ असोजमा पार्टी परित्याग गरेका थिए। त्यसयता उनका गतिविधि नयाँ शक्ति नेपाल अभियानको नामबाट हुँदै आएका थिए।

Post a Comment

 
Top