0

नयाँ शक्तिमा जनमुक्ति पार्टी मिसियोकाठमाडौं-आइतबार औपचारिक घोषणा हुन लागेको नयाँ शक्ति नेपालमा एमएस थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी मिसिएको छ। नयाँ शक्तिको प्रेस विज्ञप्तिमा उल्लेख छ- 'संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपालबीच र्शीर्ष तहमा र वार्ता कार्यदल गठन गरी उक्त वार्ता कार्यदलका तहमा विगत चार महिनादेखि निरन्तर छलफल हुँदै आएको थियो । द्विपक्षीय लामो छलफल र विमर्शपश्चात देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिलाई समेत मध्यनजर गरी हामी समायोजनको ऐतिहासिक निर्णयमा पुगेका हौं ।'


नयाँशक्ति पार्टी घोषणाको तयारीमा रहेका संयोजक बाबुराम भट्टराईले जनमुक्ति पार्टीका थापासहितको टिमलाई शनिबार स्वागत गरेका हुन्। थापाले पार्टी समायोजनको घोषणा गरेका हुन्।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top