काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न झन्डै चार करोड खर्च लागेको छ। महाधिवेशनको तीन महिना बित्दासमेत खर्च सार्वजनिक नगरे पनि ३ करोड ८६ लाख खर्च भएको निकट स्रोतले जनाएको हो। अस्वीकार गर्दै आएको छ।
आर्थिक समितिका सदस्य सचिव खुमा अर्यालले केही दिनभित्रै समितिको बैठक बसेर महाधिवेशन खर्च विवरण सार्वजनिक गर्ने बताए। 'केही शीर्षकमा विवाद भएर हो,' अर्यालले नागरिकसँग भने, 'एक साताभित्रै समिति बैठक बसेर जानकारी गराउँछौं।'
त्यस्तै, आवासमा २ करोड १५ लाख, महाधिवेशन प्रचारमा २० लाख खर्च भएको आर्थिक समितिका एक सदस्यले जानकारी दिए। मञ्च व्यवस्थापनमा झन्डै ३० लाख खर्च भएको जनाउँदै ती सदस्यले भने, 'पार्टीको नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४५ लाख खर्च भएको छ।' कांग्रेसले सांस्कृतिक कार्यक्रममा तीन लाख र भृकुटीमण्डपको भाडा तथा झन्डामा १६ लाख खर्च भएको स्रोेतले जनाएको छ। भाडावापतको रकम पाँच लाख बुझाए पनि भृकुटीमण्डप सञ्चालक समितिले उद्यानमा क्षति पुगेको भन्दै थप रकम दाबी गरेको छ। त्यस्तै विविधमा झन्डै २५ लाख खर्च कांग्रेसले देखाएको छ।
खानासहितका शीर्षकमा पैसाको टुंगो नलाग्दा कांग्रेसले झन्डै ६५ लाख महाधिवेशन खर्च बुझाउन बाँकी छ। महाधिवेशनका लागि कांग्रेसले लेवी, प्रतिनिधि प्रवेश, चन्दासहितबाट सवा तीन करोड रूपैयाँ उठेको निकट स्रोतको दाबी छ। लेबीबाट ३२ लाख, महाधिवेशन प्रतिनिधि प्रवेश शुल्कबाट ८६ लाख र चन्दाबाट १ करोड ८० लाख रुपैयाँ उठेको समितिका एक सदस्यले बताए।
source : www.nagariknews.com
Post a Comment