काठमाडौं–लामोसमयदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको मिति तय भएको छ। नेविसंघको ११ हाधिवेशन साउन २३ देखि २५ सम्म राजधानीमा हुने भएको हो।महाधिवेशनको उद्घाटन राजधानीको भृकुटीमण्डपमा हुने र त्यसका लागि सभाहलसमेत बुकिङ भइसकेको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए। २३ गते उद्घाटन, २४ गते बन्दसत्र र २५ गते नेतृत्व चयनका लागि निर्वाचन हुने नेविसंघले जनाएको छ। महाविधेशनमा ३४ सय महाविधेशन प्रतिनिधि सहाभागी हुने लामिटानेले जनाए। नेविसंघको जारी केन्द्रीय समितिको बैठकले महाविधेशनको मिति तय गरेको हो। यसको औपचारिक घोषणा भने सोमबार गरिने जनाइएको छ।
Post a Comment