काठमाडौं-चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले शनिबार चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्। भेट अवसरमा दुई पक्षले नेपाल–चीन सहयोगबारे विचार आदानप्रदान भएकाे छ।

उनले संविधान जारी भएपछि नेपालमा लागानीमैत्री वातावरण बनेको पनि उल्लेख गरेका थिए। साथै उनले चीनले नेपालमा शान्ति प्रक्रियामा सहयोग गर्नका साथै गत वर्ष भूकम्पपश्चात् तत्काल सहायता पुर्याएको पनि उल्लेख गरे।
गभर्नर चेनले चीन सरकारले उनको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको उल्लेख गरे।
दुवै पक्षले बेल्ट एण्ड रोड पहलकदमीमा सँगै काम गर्न र आपसी सम्बन्धका अन्य सम्भावना खोजी गर्ने कुरामा जोड दिएका थिए। भेटपछि उपराष्ट्रपति र नेपाली टोलीको सम्मानमा दिवा भोजको आयोजना गरिएको थियो।
नेपाली टोलीले युन्नानको ऊर्जा लगानी समूहको भ्रमण गरेको थियो भने कम्पनीले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो। उपराष्ट्रपति पुन हिजो साँझ कुन्मिङ आइपुगेका हुन्। अाइतबार उनले कुन्मिङमा चाइना साउथ एसिया एक्सपोको उद्घाटनलगायतका कार्यक्रममा सम्बोधन गर्ने बेइजिङस्थित नेपाली राजदूतावासले एक विज्ञिप्त प्रकाशित गरी जनाएको छ। त्यसपछि उनीसँग चीनका उपप्रधानमन्त्री वाङ याङले पनि भेट गर्ने कार्यक्रम तय भएकाे छ। source : www.nagariknews.com
Post a Comment