0
कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेस केपी शर्मा ओली नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
‘अहिलेकै अवस्थामा हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं,’ मंगलबार रिपोर्टर्स क्लवमा भएको साक्षात्कारमा उनले भने, ‘सरकार परिवर्तनवारे एमाले र माओवादी केन्द्रबीच जुहारी भइरहेको छ, हामी रमाइलो हेर्दैछौं ।’
भूकम्प पीडितहरुको स्थायी बसोबास र पूनर्निर्माणमा पूर्णरुपमा असफल भएको निधिको आरोप छ । ‘यो सरकारले अहिलेसम्म पीडितहरुको लागि स्थायी बसोबास मिलाउन सकेन, दातृ निकाय सहयोग गर्न तयार छन् तर सरकार पुनर्निर्माणमा असफल भयो,’  उनले भने । सरकारले एमाले निकट एनजीओलाई पुनर्निर्माणको काम दिएर राजनीति गरेको उनको भनाइ छ ।
निधिले न्यायालयप्रति कांग्रेसको सम्मान रहेको बताउँदै सर्वोच्च अदालतले हतारमा विज्ञप्ती जारी गरेको बताए ।  कुलबहादुर गुरुङ नेतृत्वको संसदीय समिति विघटन गरेर प्रधानमन्त्रीले संसदीय अभ्यासविपरीत काम गरेको निधिको आरोप छ  ।


Post a Comment

 
Top