0
कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सांसदद्वय ध्रुव वाग्लेलाई सचिव र मीनाक्षी झालाई कोषाध्यक्षमा मनोनयन गरेको छ । 
दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विधानको धारा १२ को उपधारा ८ को अधिकार प्रयोग गरी उनीहरूलाई मनोनयन गरेको हो । वाग्ले तनहुँ र झा धनुषाका हुन् । देउवाले वाग्ले र झालाई संसदीय कार्यसमितिको सदस्यमा केही दिनअघि मात्रै मनोनयन गरेका थिए । विधानअनुसार संसदीय कार्यसमितिका सदस्यबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ ।


source : kantipur.ekantipur.com

Post a Comment

 
Top