नेपाल मामिलामा जानकार मानिने बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदौरियाले प्रयोगको कारण सम्बन्ध दुर्घटनामा टुङ्गीने वा गन्तब्य भेट्ने भन्ने बारेमा अझै स्पष्ट नभएको बताए ।
'दुवै देशका प्रधानमन्त्रीले सम्बन्धको बारेमा नयाँ नयाँ प्रयोग गरिरहेका छन्' भदौरियाले भने, 'त्यसले दुवै देशको सम्बन्ध दुर्घटना हुन्छ वा गन्तब्य भेटाउँछ अहिले नै भन्न नसकिदैन ।'
नेपालमाथि भारतले गरेको नाकाबन्दीको शुरुदेखि विरोध गर्दै आएका नेता भदौरियाले भारतको ठूल दाईवाला अवधारणा उचित नहुने बताए । नेपालले गर्ने कुनै पनि निर्णयले आफ्नो सुरक्षामा आँच आउने भए मात्रै दिल्लीका चासो हुनुपर्ने भन्दै उनले भने, 'खुला सीमाको कारण भारतले सुरक्षाको विषयका चासो हुन सक्ला । तर नेपालले त्यस्तो कुनै कदम उठाउँछन भन्ने लाग्दैन ।'
नाकाबन्दीको कारण नेपालले भारतसँग रहेको निर्भरतालाई कम गर्न खोज्नुलाई अस्वभाविक नभएको बताए । 'नाकाबन्दीको कारण भारतसँग मात्रै निर्भरतालाई कम गर्नुपर्छ भन्ने लागेको हुनसक्छ । चीनसँग पनि सम्बन्ध बनाउन खोजेको हुनसक्छ,' उनले भने, 'नेपाल सार्वभौम देश हो । एकतिर मात्रै निर्भर रहन्न भनेर निर्णय गर्न सक्छ ।'
भारतीय सञ्चार माध्यमहरुमा पछिल्लो समयमा नेपालमा चीनको प्रभाव विस्तार हुदै आएको भन्दै समाचार प्रकासित हुन थालेका छन । नेपालले हालै मात्रै चीनसँग पनि पारवहन सन्धि गरेको छ ।
राजनीतिक तहको नेतृत्वबीचका सम्बन्ध पहिलो जस्तो नभएको र नेपालका नेताहरु त्यसका लागि सक्रिय हुन नसकेको उनको बुझाइछ। -
source: www.nagariknews.com
Post a Comment