कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको चुनाव मंसिरमा हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले स्थानीय निकायको चुनाव गराउनुअघि संविधानले व्यवस्था गरे अनुरुप गाउँपालिका र नगरपालिकाको चुनाव पहिला हुनुपर्नेमा जोड दिए ।

संविधान जारी भइसकेको अवस्थामा अहिले कांग्रेसलाई सत्ताको भन्दा पनि संविधान कार्यान्वयनको चिन्ता रहेको बताए ।
संविधान कार्यान्वयन गर्न सत्तामा नै रहन नपर्ने बताउँदै उनले संसदमा आफूहरु पनि भएकाले त्यही बसेर कानुन बनाउन लागिपरेको बताए । उनले यो सरकार हट्ने कि नहट्ने विषयमा सत्ता साझेदारहरुबीच तालमेल भएसम्म रहने भएकाले कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने भन्नेमा कुनै प्रश्न नरहेको उनले प्रट्याए ।
source : kantipur.ekantipur.com
Post a Comment